मन्त्रीको निधनमा सुदूरपश्‍चिममा आज शोक बिदा

काठमाडौं, ६ असार । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।

सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

मङ्गलबार गृहजिल्ला बझाङ गइरहेका बेला मन्त्री सिंहसहित ५ जना सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा सिंहकी पत्नी र भाउजूको पनि निधन भएको छ । चालक र निजी सुरक्षा गार्डको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय