सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

बझाङ, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । यसअघि मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको  मृत्यु भएको थियो ।

योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । अन्य २ घाइतेकाे उपचार भइरहेको छ ।

सिंह चढेको गाडी धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय