बझाङ दुर्घटना: मन्त्री सिंहकी पत्‍नीसहित दुईको मृत्यु, तीन घाइतेलाई नेपालगञ्‍ज लगियो

बझाङ, ५ असार । बझाङमा मङ्गलबार भएको मन्त्री सवार गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने घाइते भएका मन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार गाडी केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यस्तै मन्त्री सिंह, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय