विश्‍वकप छनौट: अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

फाइल तस्वीर

काठमाडौं, ५ असार । जिम्बावेमा जारी आइसिसी क्रिकेट विश्वकप छनौटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकासँग खेलिरहेको छ । खेल जित्‍नका लागि नेपालले २०८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनायो । अमेरिकाका शहान जहाङ्गिरले शतकीय पारी खेले । अमेरिकाको सुरुवात खराब भएको अवस्थामा उनले सातौं नम्बरमा ब्याटिङमा आएर अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाए ।

नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिँदा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय