सुदुरपश्चिमका मन्त्री सवार गाडी दुर्घटना

बझाङ, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको हो।
सुपप्र.०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले बताएको छ।
दुर्घटनामा मन्त्रीसहित ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उद्दार गरी अस्पताल पुर्याइएको छ ।

