कैलालीमा एक महिला मृत फेला

सांकेतिक तस्वीर

कैलाली, ४ असार । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा अन्दाजी २५/३० वर्षकी महिला मृत भेटिएकी हुन्।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन् ।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय