आइसिसीको नेपाली हाइलाइट्समा बिपुलको आवाज

काठमाडौं, ४ असार । नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहने युवा हुन् बिपुल भट्टराई । भक्तपुरको सैनिक आवासिय महाविद्यालयमा बिबिए अध्ययनरत बिपुल क्रिकेटमा अझै धेरै रुचि राख्छन् ।

नेपाली घरेलु क्रिकेट प्रतियोगिता तथा फ्रेन्चाइज लिगमा कमेन्ट्री गर्दै आएका बिपुल हाल इस्पोर्ट्स ‘पब्जी मोबाइल प्रो लिग’को साउथ एसियन क्षेत्रमा हुने खेलको कमेन्ट्री गर्छन् । भर्खरै उनलाई चर्चित गेमिङ टोली टिटुकेले पनि कन्टेन्ट क्रिएटरका रुपमा अनुबन्ध गरेको छ ।

उनै बिपुलले अब आइसिसीको हाइलाइट्समा पनि कमेन्ट्री गर्ने छन् । आइसिसी विश्वकप छनौटमा नेपालले खेल्ने हरेक खेलको हाइलाइट्समा उनले नेपाली आवाजमा कमेन्ट्री गर्ने छन् ।

आइतबार सम्पन्‍न जिम्बावे र नेपाल बीचको खेलको पनि नेपाली कमेन्ट्रीमा हाइलाइट्स आइसिसीबाट सार्वजनिक भइसकेको छ । आइसिसीबाट नेपाली भाषामा हाइलाइट्स भिडियो प्रसारण भएको यो पहिलोपटक हो । यसअघि आइसिसीले अङ्ग्रेजी, हिन्दी र उर्दु भाषामा हाइलाइट्स सार्वजनिक गर्दै आएको छ ।

हेर्नुस् नेपाल र जिम्बावेबीचको खेलको नेपाली हाइलाइट्स:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय