नक्कली सुन देखाएर सक्कली सुनको गहना लुट्ने पक्राउ

पोखरा, २ असार । नक्कली सुन देखाएर सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका ४४ वर्षीय विमल तामाङ र हेटौंडाका ४१ वर्षीय सन्तोष मगर रेहेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीले पोखरा-२६ लेखनाथ अर्घौंचोकबाट उनीहरुलाई  पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार उनीहरुले पोखरा महानगर १०, अमरसिंहस्थित शिवमन्दिर परिसरमा जेठ ५ गते नक्कली सुन देखाएर सक्कली सुन चोरेर फरार भएका थिए ।

डिएसपी विकले उनीहरुको साथबाट सुनजस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो रङको धातु ३ थान, विभिन्न कम्पनीका ३ थान मोबाइलसहित ५ हजार ४३५ रुपैयाँ बरामद गरिएको जानकारी दिए ।

‘निजहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रियाअगाडि बढाइएको छ,’ डिएसपी विकले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय