परेवान्युज
|
आषाढ़ २ गते, २०८० - ०८ः११ मा प्रकाशित
तस्विर: सामाजिक सञ्जाल
काठमाडौं, २ असार । ललितपुरको बाहुनधारामा बस दुर्घटना भएको छ । शनिबार बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको यात्रुवाहक बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो ।
आफैं अनियन्त्रित भएर बस सडकमै पल्टिँदा चालकसहित केही यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । बसमा करिब २४ यात्रु सवार भएको जनाइएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्याइएको छ ।