राष्ट्रपति पौडेलको मुटुमा पुन: समस्या, अस्पताल भर्ना

काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुन: समस्या देखिएको छ । उनी अस्पताल भर्ना भएका छन् ।

राति २ बजे नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई विहान मनमोहन कार्डियो भास्कुलर लगिएको छ ।

अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ । केही दिन अघि पनि मुटुमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय