बाबुरामको आग्रह: समाजवादी मोर्चा बन्दैछ, हल्लामा नबगौँ

काठमाडौं, १ असार । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चा बन्ने चरणमा रहेकाले हल्लाको पछि नबग्न आग्रह गरेका छन् ।
समाजवादी मोर्चामा बाबुरामलाई बाहिर राखेर बिप्लवलाई भित्र्याउन लागेको चर्चा बाहिर आएपछि बाबुरामको यो धारणा सार्बजनिक भएको हो ।
शुक्रबार बिहान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेपछि तस्वीर साझा गर्दै भट्टराईले लेखेका छन्- ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण, संघीय बजेट, TRC लगायतका शान्तिप्रकृयाका बाॅकी कार्यभार,प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी! बाहिर चलेका हल्लामा नबग्न सबैसंग आग्रह!’

