नेपाल र फिलिपिन्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

तस्विर: एन्फा

काठमाडौं, ३२ जेठ । भारतमा सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप नेपाली राष्ट्रिय टोलीले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ पौने ५ बजे फिलिपिन्सको मनिलामा सुरु हुने छ ।

अर्को सातादेखि भारतमा साफ च्याम्पियनसिप सुरु हुँदै छ । त्यसैको तयारीका लागि नेपाली टोली किरण चेम्जोङको कप्तानीमा फिलिपिन्स पुगेको हो । त्यहाँबाट भारत प्रस्थान गर्ने छन् ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा भारत, कुवेत र पाकिस्तानसँगै परेको छ । अघिल्लो संस्करणमा नेपाल घरेलु मैदानमा नै फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय