कोशी प्रदेश नीति तथा कार्यक्रम: लगानी सम्मेलनको कुरा आयो

काठमाडौं, ३१ जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आजको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्ने कुरा र रंगशाला निर्माणको कुरामा जोड दिइएको छ। यसैगरी कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने कुरा पनि यसमा छ।
हेरौं कोशी सरकारको निति तथा कार्यक्रम पुर्णपाठ:

