सन्दीप र दीपेन्द्र ग्लोबल टी२० लिगको ड्राफ्टमा

काठमाडौं, ३१ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडाको ग्लोबल टी२० लिगको ड्राफ्टमा परेका छन् ।
आगामी जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि भएको ड्राफ्टमार्फत सन्दीपलाई सर्रे जागुअर्स र दीपेन्द्रलाइ मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।
ग्लोबल टी२० लिगमा यसअघि सोमपाल कामी र सन्दीपले खेलिसकेका छन् । दीपेन्द्रले भने पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।
नेपालका लागि सन्दीप र सोमपालसहित पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।

