प्युठान कार दुर्घटना: ८ जनाको ज्यान गयो

काठमाडौं, २९ जेठ । प्युठानमा भएको गाडी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाकै मृत्यु भएको हो ।
स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीमा आइपुग्दा माथिल्लो रोडबाट करिब ५० मिटर तल खसेर तल्लो रोडमा बजारिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन् ।
मृतकमध्ये तारा कुमालको मात्र पहिचान खुलेको छ भने अन्यको बारेमा जानकारी आएको छैन ।

