घुस लिएको आरोपमा मालपोतका खरिदारविरुद्ध मुद्दा दायर

बारा, २९ जेठ । जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध १५ हजार रुपैयाँ बिगो रकम कायम गरी मुद्दा दायर गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय