कालिकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

कालिकोट, २८ जेठ । कालिकोटमा जीप सडकबाट १५० मिटर तल खसेर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।
शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च८४९८ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।

