समृद्धि र विकासमा जुर्मुराउँदै कामनपा-६ (हेरौं तस्बिरमा)

काठमाडौं, २७ जेठ । देशमा विकास र समृद्धिका कुरा सबैले गर्दछन् तर, विकासका साझेदार संस्था र राजनीतिक दल तथा नागरिकसँग समन्वय गरेर काम गर्न धेरैलाई चुनौती छ।

राज्यका निकायहरु खासगरी ढल, बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट सहित निर्माण कम्पनी ,ट्राफिक र स्थानीय बिचको समन्वय मिलाएर काम गर्न सक्नु अनि जनगुनासोलाई सम्बोधन गर्न सक्नु चाहिँ  सफल नेतृत्व हो ।

काठमाडौ महानगरपालिका भित्रका ३२ वटा वडामा धेरै जनसंख्या रहेका वडा मध्यमै पर्दछ कामनपा वडा नम्बर ६ । यसको नेतृत्व गरेका छन् भुवन लामाले । स्थानीय निर्वाचन सम्पन्न भएर कार्यभार सम्हालेको एक वर्षमा यस वडाभित्र विकास र समृद्धिका धेरै काम  भएका छन् ।

खासगरी बाटो, ढल, बिजुली र खानेपानी लगायत जनताको प्रत्येक्ष सरोकार भएको कामलाई प्राथमिकता दिदै नागरिकका जनगुनासो सुन्ने र त्यसलाई तत्काल सम्बोधन गर्ने टिम वडा नम्बर ६ मा रहेको देखिन्छ।

यहि टिमले एक वर्षमा गरेका धेरै बिकासका काम मध्य केही तस्वीर हामिले राखेका छौं । आगामी दिनमा वडा भित्रका कामहरू बारे चर्चा गर्नेछौं ।

हेरौं तस्बिर:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय