बसको ठक्करबाट १७ वर्षीय बालकको मृत्यु

काठमाडौं, २४ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीमा मङ्गलबार साँझ बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
धर्मस्थलीबाट रत्नपार्क जाँदै गरेको बा २ ख ८४१३ नम्बरको बसले पैदल हिँडिरहेका १७ वर्षीय बालकलाई ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका उनलाई ग्रीनसिटी अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
नाबालक भएकाले उनको पहिचान भने खुलाइएको छैन ।

