मुग्लिन-नारायणगढ सडकबाट ट्रक त्रिशुलीमा खस्यो

चितवन, २२ जेठ । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा सिमेन्ट बोकेको ट्रक सडकबाट त्रिशुली नदीमा खसेको छ ।
सोमबार विहान सिमेन्ट बोकेर मुग्लिनतर्फ जाँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा पूरै पानीमा डुबेको छ । दुर्घटनामा परी चालक घाइते छन्, उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
सिमेन्टका बोराहरु नदी किनारमा छरिएका छन् । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

