पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गयो

पाल्पा, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जीप आइतबार साँझ पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी नै रहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय