सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौं, २१ जेठ । विकास बैंकमध्ये अब्बल मानिएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍यालीको आयोजना गरेको छ । विश्व वातावरण दिवसका अवसरमा आयोजित र्‍यालीको मुख्य नारा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ रहेको थियो ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल -यालीको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले वातावरण संरक्षणकाबारेमा जानकारी गराउँदै साइकल -यालीको शुभारम्भ गरेका थिए ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्‍याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेको थियो ।

साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी, प्रायोजक लगायतको सहभागिता रहेको थियो । वातावरण प्रवर्द्धन प्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवम् साइकलको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पु-याउने उदेश्यले -याली आयोजना गरिएको बैंकले जनाएको छ ।

र्‍यालीमा सहभागीमध्ये लक्की ड्रमार्फत राधाकृष्ण श्रेष्ठलाई एकथान साइकल समेत उपहार प्रदान गरिएको बैंकले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय