रियल मड्रिड छाड्दै बेन्जेमा

काठमाडौं, २१ जेठ । फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमाले यस सिजनको अन्त्यसँगै रियल मड्रिड छाड्ने भएका छन् । क्लबसँगको सम्झौता सकिएसँगै उनले क्लब छाड्न लागेका हुन् ।

लालिगामा आज राति हुने एथ्लेटिक क्लबसँगको खेल नै रियलका लागि उनको अन्तिम खेल हुनेछ । उनले यस सिजन रियलका लागि १८ गोल गरेका छन् ।

सन् २००९ देखि रियल म्याड्रिडमा आबद्ध भएका बेन्जेमाले क्लबका लागि खेलेका ४३८ खेलमा कुल २३७ गोल गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय