दाङमा अटो र मोटरसाइकल ठक्कर खाँदा एकको ज्यान गयो, तीन घाइते

दाङ, २१ जेठ । दाङमा आइतबार भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

आइतबार दिउँसो राप्ती गाउँपालिका-४ श्रीनारायण चोकमा घोराहीबाट पूर्वतर्फ जाँदै गरेको भे १२ प ७५९४ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको रा १ ह ५६०१ नम्बरको अटोरिक्सा एकआपसमा ठक्कर खाँदा अटो चालक ३२ वर्षीय किरण रोकायाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी अटोमा सवार ५० वर्षीया दिलसरा बादी, ठक्कर खाने मोटरसाइकल चालक ३३ वर्षीय द्रोर्ण चौधरी र पछाडि सवार ३० वर्षीय सुन्दर चौधरी घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय