प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले लिपुलेक, कालापानीसहितको भूभाग साटफेर गर्न सकिने भनेर दिएको अभिव्यक्तिको बारेमा जवाफ माग्‍ने भएको हो ।

यीबाहेक अन्य केही समसामयिक विषयका बारेमा पनि एमालले प्रधानमन्त्रीसँग जवाफ माग्‍ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जनाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय