
शरणार्थी प्रकरणमा पक्राउ परेका सबैको बयान सकियो, अब थुनछेक बहस
काठमाडौं, २० जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र गिरोहसँग जोडिएका पुर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत १८ जनाको बयान सकिएको छ ।


जिल्ला अदालत काठमाडौका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सबैको बयान सकिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएसंगै आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि धरौटीमा छाड्ने वा कारागारमा राखेर अनुसन्धान गर्दै जाने भन्ने टुंगो लाग्नेछ।

यो प्रकरणमा पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले सचीव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राइ, पुर्व सांसद आङ टावा शेर्पा लगाएत १८ पक्राउ र १२ जना अझै फरार छन् ।
फरार हुनेमा पुर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा समेत छन् । यो प्रकरणमा जोडिएकालाई सम्पत्ति सुद्धिकरण र अख्तियारले समेत अनुसन्धान गर्ने बुझिएको छ ।
Comments

