थोरै स्थानमा वर्षाको सम्भावना, तराईमा गर्मी कायमै रहने

काठमाडौं, २० जेठ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यो पनि:
तराईमा ‘लु’को खतरा बढेपछि सतर्कता अपनाउन आग्रह

