तराईमा ‘लु’को खतरा बढेपछि सतर्कता अपनाउन आग्रह

काठमाडौं, १९ जेठ । पछिल्ला दिनहरुमा वर्षा हुन नसक्दा अधिकतम तापक्रम बढ्नुका साथै अत्याधिक गर्मी बढेकाले ‘लु’को खतरा बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सुझाव दिएको छ ।

मौसमविदका अनुसार तराईका जिल्लाहरुमा तापक्रम ४० डिग्रीसम्म पुगेको र यसले आगामी सातासम्म तातो हावा अर्थात् ‘लु’ चल्ने खतरा बढेको छ । त्यसै कारण पनि सतर्क रहन आग्रह गरिएको छ ।

गर्मी बढेका बेला सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरिएको छ । गर्मी बढेपछि अधिकांश स्थानहरुमा विद्यालयहरु पनि बिदा दिइएको छ । विशेषगरी बालबालिका दीर्घरोगी र वृद्धवृद्धा जोगिन जरुरी छ ।

केही दिनयता काठमाडौंमा पनि गर्मी बढेको छ । काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्रीसम्म पुगेको छ । शुक्रबार साँझद्पखको समयमा बादल लागेको भएपनि पानी पर्ने सम्भावना कम नै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...