
सुनकोशीमा जीप खस्दा बेपत्ता भएकाको खोजी गर्न गोताखोर परिचालन


काठमाडौं, १९ जेठ । सुनकोशी नदीमा सिटीइभिटीका कर्मचारी सवार जीप खस्दा तीनजना बेपत्ता छन् । सिन्धुलीको गोलन्जोर-७ लौकुना नवघाटस्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो जीप खसेको थियो ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बा. १ झ ७४६७ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल सुनकोशीमा खसेको थियो । जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएका थिए ।
बेपत्ता हुनेमा सीटीईभिटीका निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् ।
उनीहरूको खोजीका लागि गोताखोरको टोली बोलाइएको छ ।
Comments

