इन्जुरी समयको गोलले खुमलटारमाथि मनाङको जीत

काठमाडौं, १८ जेठ । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जीत निकालेको छ । मनाङले एफसी खुमलटारलाई १-० गोल अन्तरले हराएको हो ।

मनाङका लागि रोशन राना मगरले इन्जुरी समयमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा गरेको एकमात्र गोलले मनाङले ३ अंक जोड्न सफल भयो ।

पहिलो हाफमा दुवै टोलीले गोल‌ गर्ने केही अवसरहरु खेर फाल्दा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रोशनको ‘लेट गोल’ नै निर्णायक बन्यो

यस जीतसँगै मनाङ २३ खेलमा ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । खुमलटार भने रेलिगेसनको संघारमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय