पिएसजी छाड्दै मेस्सी, अब कता जालान् ?

काठमाडौं, १८ जेठ । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी छाड्ने पक्का भएको छ ।

पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले यसै सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि मेस्सीले क्लब छाड्ने पुष्टि गरेका हुन् ।

यसअघि लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सी पछिल्ला दुई सिजन पिएसजीबाट खेल्दा दुवै सिजन पिएसजीले लिग वानको उपाधि जितेको छ ।

उनी साउदी अरेबियन क्लबमा जाने चर्चा पनि चल्दै गर्दा उनले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने लगभग पक्का भइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय