प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।
चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्ररधानमन्त्री जेेेठ २० मा स्वदेश फर्किने छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली दिउँसो १:१५ बजे भारत प्रस्थान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उनकी छोरी गङ्गा दाहाल पनि छिन् । त्यसैगरी प्रधानमन्त्रीसंग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि सहभागी छन् ।

