काठमाडौंबाट पोखरा जाँदै गरेको बस मुग्लिङ नजिकै दुर्घटना

चितवन, १६ जेठ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस मुग्लिङनजिकै दुर्घटनामा परेको छ । मङ्गलबार दिउँसो काठमाडौंबाट पोखराका लागि छुटेको ग १ ख ७७०१ नम्बरको बस इच्छाकामना गाउँपालिकाको मुग्लिङ बजार नजिकै सडकमै पल्टिएर दुर्घटनामा परेको हो ।

बसमा सवार ३२ जना घाइते रहेकामा ४ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ भने अन्यको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बसले ओभरटेक गर्ने क्रममा भित्तामा ठोक्किएर सडकमै पल्टिएको जनाइएको छ । बस सडकमै भएकाले राजमार्ग एकतर्फी सञ्चालनमा रहेको र बसलाई क्रेनको सहायताले हटाएर दुईतर्फी यातायात सञ्चालनको प्रयास भइरहेको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय