महोत्तरीमा पेस्तोल देखाएर बैं‍क लुटपाट

महोत्तरी, १६ जेठ । महोत्तरीमा मङ्गलबार दिउँसो अज्ञात समूहले बैंक लुटेका छन् । दिउँसो करिब साढे १२ बजेको समयमा महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चारजनाको समूहमा आएका मास्कधारी लुटेराले कर्मचारीलाई पेस्तोल देखाएर नगद लुटेका हुन् । बैंकबाट करिब ३५ लाख नगद लुटिएको जनाइएको छ ।

बैंकको सिसीटिभी फुटेजमा उनीहरुले पेस्तोल देखाएर कमर्चारी र सेवाग्राहीलाई डराएको धम्काएको देखिएको छ ।

बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा उनीहरुको खोजी गरिरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय