गुजरातलाई हराउँदै चेन्‍नई पाँचौपटक आइपिएल च्याम्पियन

जडेजाले अन्तिम दुई बलमा १० रन प्रहार गर्दै उपाधि दिलाए

काठमाडौं, १६ जेठ । चेन्‍नई सुपर किङ्सले पाँचौैपटक इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि जितेको छ । अबेर राति सम्पन्‍न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्‍नईले उपाधि जितेको हो ।

वर्षाका कारण दोस्रो इनिङ १५ ओभरमा छोट्याइएको थियो । १५ ओभरमा १७१ रनको लक्ष्य चेन्‍नईले अन्तिम बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । जीतका लागि अन्तिम दुई बलमा १० रन चाहिएकोमा रविन्द्र जडेजाले छक्का र चौका प्रहार गरे ।

चेन्‍नईका लागि डेभोन कनवेले ४७ रन बनाए भने शिवम दुबे ३२ रनमा नटआउट रहे । अजिन्क्या रहानेले २७ र रुतुराज गायक्‍वाडले २६ रन बनाए । गुजरातका मोहित शर्माले ३ तथा नूर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१४ रनको विशाल योगफल बनाएको थियो । साइ सुदर्शनले ९६ रन बनाउँदा ऋद्धिमान साहाले ५४ रन बनाएका थिए ।

शुभमन गिलले ३९ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले अविजित २१ रन बनाए । चेन्‍नईका मथिसा पथिरानाले २ विकेट लिँदा रविन्द्र जडेजा र दीपक चहरले १-१ विकेट लिए ।

चेन्‍नईको यो पाँचौं आइपिएलको उपाधि हो । यसअघि चेन्‍नईले २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो । गुजरातले भने सहभागिताको पहिलो वर्ष २०२२ मै उपाधि जितेको थियो ।

यस वर्ष पनि गुजरात उपाधिको दाबेदार रहेको थियो । गुजरातका शुमभन गिल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सबैभन्दा धेरै रन पनि उनकै नाममा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...