संसद बैठकमा बजेट प्रस्तुत हुँदै

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत हुँदै छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट सार्वजनिक हुन लागेको हो ।
अर्थमन्त्री प्रकाशशरण महत बजेट विवरण समावेश ब्रिफकेश लिएर संसद भवन पुगिसकेका छन् ।
केहीबेरमा बैठक सुरु हुँदै छ ।

