फेवाताल किनारको ‘रत्नमन्दिर’ सार्वजनिक रुपमा खुला

पोखरा, १५ जेठ । पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रत्नमन्दिर सर्वसाधारका लागि खुला भएको छ । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पुर्व राजपरिवार पोखरा पुग्दा बस्ने गरेको रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा आजैदेखि खुला गरिएको हो ।

२०१५ सालमा कान्छी रानी रत्नको नामबाट राजा महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको दरबारको नाम राजा महेन्द्रले पोखराको फेवाताल किनारमा आराम गर्न रत्नमन्दिर बनाएका थिए ।

फेवाताल किनारको ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा आम सर्वसाधारणका लागि प्रवेशमा रोक लगाइएकोमा गणतन्त्र दिवसका अवसरमा खुल्ला गरिएको हो ।

यस अघि पनि पटक पटक रत्नमन्दिर खुला गर्ने तयारी गरिएको थियो । सरोकारवाला र पर्यटन ब्यवसायसंग सम्बद्ध ब्यसायीले पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर रत्नमन्दिर खुलाउन आग्रह गर्दै आएका थिए ।

रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने पोखराका पर्यटन व्यवसायीहरु बताउछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।

रत्नमन्दिर अवलोकन गर्नका लागि १०० रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय