टोपबहादुर र रेशम चौधरी सहित १९ ले पाए राष्ट्रपतिबाट सजाय माफी

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढा र रेशम चौधरी सहित १९ जनालाई सजाय माफी दिएका छन् ।

राष्ट्रपति कार्यालयद्वारा आइतबार बिज्ञप्ति मार्फत यो कुरा जानकारी दिइएको छ।मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १५ गतेको गणतन्त्र दिवसका दिनदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू)समेतका ४७५ जना र जेष्ठ नागरिक उदय नारायण गिरीसहित ७ सातजना सहित जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय पनि राष्ट्रपतिले माफी गरिदिएका छन्।

राष्ट्रपतिले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिएका हुन्।

त्यसैगरी राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकका सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय