रेशम चौधरीले पाए आम माफी, जेलबाट रिहा हुने

काठमाडौं, १४ जेठ । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका छन् ।
भोलि गणतन्त्र दिवसको अवसरमा उनलाई आम माफी दिइएको हो । योसँगै उनी भोलि जेलबाट रिहा हुने छन् ।
केही दिन अघि मात्र उनलाई सर्वोच्च अदालतले पनि जन्मकैदको फैसला हुने गरी आदेश दिएको थियो ।

