हँसिया प्रहार गरी बुबाले छोराको नाक काटिदिए

गुल्मी, १४ जेठ । सामान्यतयाः कसैले नाक काट्यो भन्दा इज्जत फालेको भन्‍ने बुझिन्छ । तर गुल्मीमा एक व्यक्तिले साँच्चिकै नाक नै काटिदिएका छन् त्यो पनि आफ्नै छोराको ।

जिल्लाको इस्मा गाउँपालिका-३ मा पर्ने तोरेपाटा भनिने स्थानका ५५ वर्षीय दिलबहादुर सार्कीले हँसिया प्रहार गरी आफ्नै छोराको नाक काटिदिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सार्कीले ३२ वर्षिय छोरा बाबुरामको नाक काटिदिएका हुन् । यसको पछाडिको कारण भने घरायसी विवाद भएको जनाइएको छ ।

घरायसी कुरामा विवाद भएको र रिसको झोंकमा हँसियाले नाकमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

नाकमा गम्भीर चोट लागेका बाबुरामलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय