आइपिएलको फाइनल आज, उपाधिका लागि गुजरात र चेन्‍नई भिड्दै

काठमाडौं, १४ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि साविक विजेता गुजरात टाइटन्स र चारपटकको विजेता चेन्‍नई सुपर किङ्स आमनेसामने हुँदै छन् ।

चेन्‍नईले पहिलो क्‍वालिफायरमा गुजरातलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित भएपनि अर्को मौकाको सदुपयोग गर्दै गुजरातले दोस्रो क्‍वालिफायरमा पाँच पटकको च्याम्पियन टोली मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

यस सिजनको सुरुवातमै पनि यी दुई टोली आमनेसामने भएका थिए जसमा गुजरातले बाजी मारेको थियो । पहिलो क्‍वालिफायरमा भने चेन्न‍ईले जित निकाल्न सफल भयो ।

दुवै टोली यस सिजनमा उत्कृष्ट टोलीका रुपमा देखिएका छन् । चेन्‍नईले महेन्द्रसिंह धोनीकै कप्तानीमा १० पटक फाइनलको यात्रा तय गर्दा चारपटक उपाधि जितेको छ र उपाधि संख्या पाँच पुर्‍याउन चाहन्छ ।

आइपिएलको नयाँ टोलीका रुपमा रहेको गुजरातले सहभागिताको दुई वर्षमै उपाधिको रक्षा गर्दै लगातार दोस्रो उपाधि जित्‍न चाहन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...