सरकारको निति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेपछि शुक्रबार स्थगित भई शनिबार दिउँसो ४ बजे बसेको प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

एमालेले पारित गर्न नदिने अडान राखेर पुन:लेखन गर्न माग गरेपनी राती ९:४० मा प्रतिनिधि सभाबाट निति तथा कार्यक्रम पारित भएको हो ।

जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय