बाबुरामले भने- नागरिकता विधेयक जारी गर्न अब किन्तुपरन्तु नगरौं

काठमाडौं, १३ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक्ता विधेयक जारी गर्न ढिला गर्न नहुने टिप्पणी गरेका छन् ।
शुक्रबार राति ट्वीटरमा लेख्दै भट्टराईले संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगर्न सुझाव दिएका छन् ।
उनले भनेका छन्- ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं।लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’
रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु…
— Baburam Bhattarai (@brb1954) May 26, 2023

