निशानको गोलमा शेर्पाले थ्रीस्टारलाई हरायो

काठमाडौं, १२ जेठ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले जित हासिल गरेको छ ।

शेर्पाले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो । शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरेका थिए । उनले खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जीत दिलाए ।

योसँगै सातौं जित निकालेको शेर्पा २१ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ भने समग्रमा सातौं हार व्यहोरेको थ्रीस्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय