प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने

काठमाडौ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।

एमाले र राप्रपाले निति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका छन् भने राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको कुरा समेट्न भनेको छ।

निति तथा कार्यक्रम माथी संशोधन प्रस्तावहरू समेत दर्ता भएका छन् । तिनलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।
जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय