भोटो देखाइयो,दावी गर्न कोही आएन !

काठमाडौ,११ जेठ। आज काठमाडौको जावलाखेलमा भोटो देखाउने जात्रामा मत्स्येन्द्रनाथको जिम्मामा रहेको भोटो देखाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्टपति रामसहाय यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे लगाएत बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको हो। काठमाडौमा रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। गुठी संस्थानका कर्मचारीले भोटो देखाएका थिए।

भोटो जात्रा अवलोकन गर्न पुगेका राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए। गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ।

रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ।

मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय