प्रधानमन्त्री जेठ १७ मा भारत जाने

काठमाडौं,११ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण निश्चित भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जेठ १७ देखि २० गते सम्म प्रचण्डकोभारत भ्रमण हुनेछ। यो बिषयमा दुबै देशका सरोकारवालाले तयारी थालेको र भ्रमणमा कुन-कुन बिषयमा कुराकानी हुने भन्ने पनि छलफल शुरु भएको छ।
स्रोतका अनुसार शुक्रबार सम्म नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिने र भ्रमण तालिका सार्वजनिक गर्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय