मुम्बई आइपिएलको दोस्रो क्‍वालिफायरमा, लखनउ बाहिरियो

काठमाडौं, ११ जेठ । पाँच पटकको च्याम्पियन टोली मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ । गएराति भएको इलिमिनेटर खेलमा लखनउलाई हराउँदै मुम्बई अगाडि बढेको हो ।

मुम्बईले लखनउलाई ८१ रनले पराजित गर्‍यो । मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमा १०१ रनमा समेटियो । उसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४० रनको योगदान दिए ।

काइल मेयर्सले १८ तथा दीपक हुडाले १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका आकाश मधवालले घातक बलिङ गर्दै ३.३ ओभरमा ५ रन मात्र दिएर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । उसका क्यामरन ग्रीनले ४१ तथा सुर्यकुमार यादवले ३३ रन बनाए । लखनउका लागि नवीन उल हकले ४, यश ठाकुरले ३ र मोहसिन खानले १ विकेट लिए ।

यस हारसँगै लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले अब फाइनल प्रवेशका लागि गुजरातसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय