उखु किसानलाई पुर्व प्रधानमन्त्री डा.भट्टराईको साथ

काठमाडौ,१०जेठ ।नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उखु किसानको मागमा राज्य गम्भीर हुनैपर्नेमा जोड दिएका छन्।
उनले किसानलाई राज्यले अनुदान दिनुपर्ने भन्दै उखु किसानको आन्दोलनमा ऐक्यबद्धता समेत जनाए । बुधबार उखु किसानहरूले माइतीघर काठमाडौमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा ऐक्यबद्धता जनाउदै डा.भट्टराईले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेको अवस्थामा किसानलाई हौसला दिने काममा लाग्नुपर्ने बताए।’यस्तो अवस्थामा राज्यले किसानलाई अनुदान दिनैपर्छ’ उनले भने-‘किसानलाई राज्यले अनुदान दिनेकुरा हाम्रोमा मात्रै होइन संसारको नियम हो।’

डा.भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा विदेशबाट आयात गरिने कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको पनि औंल्याए।’त्यसैले पनि हाम्रो देशमा कृषि अर्थतन्त्र धराशायी छ’ उनले भने-‘आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न पाउनु उपभोक्ताको पनि अधिकार हो।’
किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिदै उनले किसानको मुद्दालाई सरकारले वेवास्ता गर्न नमिल्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय