नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौ,९ जेठ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पुर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ ।
उनीहरु सबैलाई मंगलबार प्रहरीले सरकारी वकिल कार्यालयहुँदै जिल्ला अदालत पुर्यएको थियो। प्रहरीले यसअघि लिएको म्याद आजै सकिएकोले अदालतमा उपस्थित गराएको थियो ।


अदालत पुगे लगत्तै सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौकै हिरासतमा राख्न थप २ दिनको समय दिएको हो । नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण,नेपाल सरकारका सचीव टेकनारायण पान्डे,पुर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी,भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल,पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइ लगायत १६ जना प्रहरीको हिरासतमा छन् ।
उनीहरु मध्य केहिलाई अख्तियार दुरुपयोग आयोग र सम्पत्ति शुद्धिकरण बिभागमा समेत मुद्दा चलाउने तयारी छ। तर,आरोपित कसैले पनि आरोप स्वीकार गरेका छैनन् । पुर्व गृहमन्त्री खाणले आफुले यस्तो कुरा सोच्न समेत नसक्ने भनेका छन भने पुर्व उपप्रधानमन्त्री रायमाझीले यो बिषयमा आफू जानकार भएपनी कसैसँग पैसा नलिएको भनेका छन् ।
Comments
